You are viewing the translated version of अन्तर्राष्ट्रिय पुनर्निर्माण एवं विकास बैंङ्कको सम्झौताको धाराहरुको धारा ७ स्थिति, छूट र विशेषाधिकारहरु.
धारा ७ दफा १– धाराको उद्देश्यः बैंङ्कलाई सुम्पेको काम पूरा गर्न बैंङ्कलाई सामथ्र्य बनाउन यो धारामा
दिइएको स्थिति, छूट र विशेषाधिकारहरु प्रत्येक सदस्यको प्रादेशिक क्षेत्रमा बैंङ्कलाई दिइनेछ ।
दफा २–बैंङ्कको स्थितिः बैंङ्क कानूनी मान्यता प्राप्त व्यक्तित्व हुनेछ र बैंङ्कलाई विशेषतः देहायको काम गर्ने
अधिकार हुनेछः–
(१) ठेक्का लिने,
(२) चल र अचल सम्पत्ति प्राप्त गर्ने वा बिक्री गर्ने,
(३) कानूनी कारवाई गर्ने ।
दफा–३ अदालती कारवाईको सम्बन्धमा बैंङ्कको स्थानः बैंङ्कले आफ्नो कार्यालय भएका वा सेवा वा सूचना
स्वीकार गर्नका लागि बैंङ्कले एजेण्ट नियुक्त गरेको वा सिक्योरिटीहरु निकालेको वा ग्यारेण्टी गरेको कुनै
सदस्यको प्रादेशिक क्षेत्रमा कानूनबमोजिम अधिकार प्राप्त अदालतमा मात्र बैंङ्कको बिरुद्ध कारवाई चलाउन
सकिनेछ । सदस्यहरुले वा सदस्यहरुको निमित्त काम गर्ने व्यक्तिहरुले वा सदस्यहरुबाट दाबी लिनेव्यक्तिहरुले कुनै कारवाई चलाउन सक्ने छैन । बैंङ्कको सम्पत्ति र जायज्यथालाई जहाँसुकै रहेको जोसित
रहेको भए पनि बैंङ्कको बिरुद्ध अन्तिम फैसला हुनुभन्दा अघि पक्राउ, कब्जा वा कुर्किबाट छुट दिइनेछ ।
दफा ४– जायज्यथा पक्राउ हुनुबाट छुटः बैंङ्कको सम्पत्ति र जायज्यथालाई जहाँसुकै रहेको र जोसित
रहेको भए पनि कार्यकारिणी वा कानूनी कारवाईद्वारा खोज तलासी, अधिग्रहण, अपहरण, निस्वामीकरण वा
अरु कुनै किसिमको पक्राउबाट छूट पाइनेछ ।
दफा ५– अभिलेख गृह (आर्चिभ्स) सम्बन्धी छूटः बैंङ्कको अभिलेख गृह (आर्चिभ्स) भित्र दखल गर्न सकिने
छैन ।
दफा–६ जायज्यथामा प्रतिबन्ध नलाग्नेः यस सम्झौताले दिएको कार्य सञ्चालन गर्न आवश्यक भएको
हदसम्म यस सम्झौताको दफाहरुको अधीनमा रही, बैंङ्कको सबै सम्पत्ति र जायज्यथामा कुनै किसिमको
प्रतिबन्ध, नियम, नियन्त्रण र मोराटोरियो लाग्ने छैन ।
दफा ७– लेखापढी गर्ने विशेषाधिकारः सदस्यहरुले बैंङ्कको अफिसियल लेखापढीलाई अरु सदस्यहरुको अफिसियल लेखापढीलाई सरह नै व्यवहार गर्नेछन् ।
दफा ८– अधिकृत र कर्मचारीहरुको निमित्त छुट र विशेषाधिकारहरुः बैंङ्कको सबै गर्भनरहरु, कार्यकारी
सञ्चालकहरु, अल्टरनेटहरु, अधिकृतहरु र कर्मचारीहरुलेः–
(१) बैंङ्कले छूट त्याग गरेमा बाहेक अफिसियल हैसियतले गरेको काम कार्यहरुमा कानूनी
कारवाईबाट छूट पाउनेछ ।
(२) स्थानीय नागरिक नभएमा देशान्तरबाससम्बन्धी प्रतिबन्धहरु, विदेशीहरुको
रजिष्ट्रेशनसम्बन्धी आवश्यकताहरु, राष्ट्रिय सेवासम्बन्धी दायित्वहरुबाट छूट र विनिमय
प्रतिबन्धसम्बन्धी सुविधाहरु सदस्यहरुले अरु सदस्यहरुको सोही समान दर्जाका
प्रतिनिधिहरु, अधिकारीवर्गहरु र कर्मचारीहरुलाई दिए सरह नै पाउनेछन् ।
(३) सदस्यहरुले अरु सदस्यहरुको सोही समान दर्जाको प्रतिनिधिहरु, अधिकारीवर्गहरु र
कर्मचारीहरुलाई दिए सरह नै भ्रमण सुविधा पाउनेछन् ।
दफा ९– करबाट छूटः (क) बैंङ्क, यसको जायज्यथा, सम्पत्ति, आम्दानी र यो सम्झौताद्वारा
अधिकृत यसको सञ्चालन र कारोवारहरुलाई सबै कर र सबै भन्सार महसूलबाट छूट
पाइने छ । कुनै कर वा महसुल वा असुल भुक्तानी गर्ने दायित्वबाट पनि बैंङ्कले छूट
पाउनेछ ।
(ख) स्थानीय नागरिक, स्थानीय प्रजा वा अरु स्थानीय राष्ट्रिय नभएका बैंङ्कका कार्यकारी
सञ्चालकहरु, अल्टरनेटहरु, अधिकारीवर्गहरु वा कर्मचारीहरुलाई बैंङ्कले दिने तलब र
परिलाभमा कुनै पनि कर लिइने छैन ।
(ग) बैंङ्कले निकालेको दायित्व र सिक्योरिटी (त्यस उपरको लाभांश वा ब्याज) लगायतमा
जोसित रहेको भए पनि कुनै किसिमको कर लिइने छैनः–
(१) यदि त्यसले सो दायित्व वा सिक्योरिटीलाई मात्र त्यसको सिर्जनाको कारणले फरक
व्यवहार गरेको छ भने, वा
(२) यदि त्यस्तो कर व्यवस्थाको निमित्त सम्पूर्ण अधिकार क्षेत्रीय आधार सो दायित्व वा
सिक्योरिटी निकालिएको, वा भुक्तानी गर्नु पर्ने गरिएको वा भुक्तानी गरिएको ठाउँ
वा मुद्रा वा बैंङ्कले राखेको कुनै कार्यालय वा कारोबारको स्थान भएमा ।
(घ) बैंङ्कले ग्यारेन्टी दिएको कुनै दायित्व वा सिक्योरिटी (त्यसको लाभांश वा ब्याज) लगायतमा
जोसित रहेको भए पनि कुनै किसिमको कर लिइने छैनः–
(१) यदि त्यसले सो दायित्व वा सिक्योरिटीलाई बैंङ्कले ग्यारेण्टी गरेको कारणले फरक
व्यवहार गरेकोछ भने, वा
(२) यदि त्यस्तो कर व्यवस्थाको निमित्त सम्पूर्ण अधिकार क्षेत्रीय आधार बैंङ्कले राखेको
कुनै कार्यालय वा कारोबारको स्थान भएमा ।
दफा १०–धाराको प्रयोगः प्रत्येक सदस्यले यो धारामा दिइएको सिद्धान्तहरु आफ्नो कानून मुताविक लागू
गराउने उद्देश्यको निमित्त आफ्नो प्रादेशिक क्षेत्रभित्र आवश्यकता अनुसारको कार्य गर्नेछ र आफूले गरेको
कामको पूरा विवरणको सूचना बैंङ्कलाई दिनेछ ।